समाचार

विराटनगर । अनलाइन बेटिङमार्फत अवैध रूपमा ठूलो रकम आर्जन गरेको आरोपमा पक्राउ परेका झापाका दुई जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत दर्ता गरिएको छ। झापामा पहिलो पटक अनलाइन सट्टाबाजीको अनुसन्धान साइबर अपराधबाट अघि बढेर आर्थिक अपराधको तहसम्म पुगेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार गत वैशाख २७ गते बिर्तामोडबाट पक्राउ परेका […]

रामेछाप कारागारमा सामूहिक भाग्ने प्रयास, सेनाले गोली चलाउँदा २ कैदीबन्दीको मृत्यु नवराज श्रेष्ठ रामेछाप जिल्ला कारागारका कैदीबन्दीले बिहीबार बिहान सामूहिक रूपमा भाग्ने प्रयास गर्दा सेनाले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सेनाले चलाएको गोली लागेर १४ जना कैदीबन्दी घाइते भएका थिए। घाइतेमध्ये रामेछाप अस्पतालमा उपचारका क्रममा २ जनाको मृत्यु भएको र १२ जनाको उपचार भैरहेको उनले बताए। ‘कैदीबन्दीहरूले कारागारभित्रका सबै ताला फोडेर बाहिर निस्कने क्रममा मुख्य गेटको ताला समेत तोड्न खोजे। त्यसपछि सेनाले गोली चलायो,’ प्रजिअ थापाले भने। मृत्यु हुनेमा एक जना कर्तव्य ज्यान मुद्दा र अर्को एक जना जबर्जस्ती करणी तथा मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका थिए । रामेछाप नगरपालिका–८ डाँडामा अवस्थित जिल्ला कारागारमा हाल ३०० भन्दा बढी कैदीबन्दी रहेका छन्। सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागारलाई नियन्त्रणमा लिएपछि अहिले अवस्था शान्त रहेको प्रहरीले जनाएको छ। हालै देशभरका विभिन्न कारागारमा कैदीबन्दी भाग्ने घटना बढिरहेका बेला रामेछाप तुलनात्मक रूपमा शान्त रहेको भनिएको थियो। तर बिहीबार बिहान यहाँका कैदीबन्दीले पनि सामूहिक भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीलाई गोली चलाउन बाध्य हुनुपरेको बताइएको छ ।