
विराटनगर । नेपालले जितबाट साफ महिला यु २० च्याम्पियनसिपको यात्रा सुरु गरेको छ।बंगलादेशमा सुरु भएको च्याम्पियनसिप आफ्नो पहिलो खेलमा भुटान ६-१ ले हराएको हो ।

नेपालकी पूर्णिमा राईको ४ र सेनु परियारको २ गोल गरिन्। ढाकास्थित बसुन्धरा किंग्स एरेनामा भएको खेलमा नेपालले पहिलो हाफमै ३-० अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले ३ गोल थप्यो ।
सेनुले नवौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । वर्षा ओलीको पासमा सेनुले बल अघि बढाउँदै पेनाल्टी बक्स बाहिरबाट चिप गर्दै गोल गरिन् ।
यस्तै पूर्णिमाले १८औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । वर्षाले कै क्रसममा पूर्णिमाले सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरिन् ।
त्यसपछि सेनुले ४५औ् मिनेटमा गोल गर्दै नेपालको अग्रता ३-० पुर्याइन् । वर्षाले पासमा सेनुले बक्स भित्रबाट व्यक्तिगत दोस्रो गोल गरिन् ।
केल्देन वाङ्मोले ५३औं मिनेटमा भुटानका लागि गोल फर्काइन् । पूर्णिमाले ५३औं मिनेटमा गोल गरेपछि नेपालले ४-१ को अग्रता बनायो ।
पूर्णिमाले ८३औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि ८८औं मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गरिन् ।
हिजो भएको पहिलो खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकालाई ९-१ को फराकिलो अन्तरले हरायो । नेपाल आइतवार आयोजक बंगलादेशको सामना गर्नेछ।
च्याम्पियनसिपमा ४ टोलीको सहभागिता छ। डबलराउण्ड रोविनमा हुने च्याम्पियनसिपको शीर्ष स्थानको टोली च्याम्पियन बन्नेछ ।