कार्तिक ९ साेमबार
लागुऔषध नियन्त्रण, गाँजा तस्करी रोकथाम र अपराध नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै मोरङको इलाका प्रहरी कार्यालय सिजुवा प्रहरी प्रमुख कैलाश लिम्बू तीनपटक उत्कृष्ट घोषित भएको छन । जिल्ला प्रहरी कार्यलय माेरङले प्रत्येक महिना उत्कृष्ट प्रहरीलाई मुल्यांकनका आधारमा छनाैट गर्ने गरेकाे छ। साेहि क्रममा
कार्यालयले वैशाख, श्रावण र पछिल्लो महिनाको कार्यसम्पादन मूल्याङ्कनमा सिजुवा प्रहरी उत्कृष्ट बनेको हो। प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गर्नुका साथै स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सक्रियता देखाए पछि जिल्ला प्रहरीले कार्यलय माेरङले लिम्बूलाई उत्कृष्ट प्रहरी घाेषित गरेको छ।