काभा च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी सुरुवात

विराटनगर।काभा (Central Asian Volleyball Association) च्याम्पियन्स लिगमा सहभागी नेपाली भलिबल क्लब हेल्प नेपाल ले विजयी सुरुवात गरेको छ।

आइतबार राति सम्पन्न पहिलो खेलमा हेल्प नेपालले घरेलु टोली माल्दिभ्सको धिवेही सिफान क्लबलाई रोमाञ्चक पाँच सेटको खेलमा ३–२ को सेटमा पराजित गरेको हो।

हेल्प नेपालले पहिलो सेट ३३–३१ र दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो। तर तेस्रो सेट २२–२५ र चौथो सेट २०–२५ ले गुमाउँदा खेल पाँचौं सेटसम्म पुगेको थियो। निर्णायक पाँचौं सेटमा १५–८ को जित निकाल्दै हेल्प नेपालले प्रतियोगितामा शानदार सुरुवात गर्न सफल भयो।

अब हेल्प नेपालले दोस्रो खेल आज क्लब आज एचडी सँग खेल्नेछ।

तेस्रो खेल जुलाई १९ मा बिस्केक–किर्गिस्तान, चौथो खेल जुलाई २१ मा झाएक भिसी, र अन्तिम खेल जुलाई २२ मा श्रीलंका स्पोर्ट्स अथोरिटी सँग हुनेछ।

प्रतियोगिताको लिग चरणको अन्त्यमा शीर्ष दुई टोलीबीच जुलाई २३ मा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

हेल्प नेपालको यो विजयी सुरुवातले नेपाली भलिबलप्रेमीहरूमा आशा जगाएको छ।