नेपाली टोली डाना कपको फाइनलमा।

विराटनगर । गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोली डेनमार्कमा जारी डाना कप २०२५ को यु १४ तर्फको फाइनलमा प्रवेश गरेको छ।

युएईको आइएफए स्पोर्टसलाई ३-० ले पराजित गर्दै नेपाली टोली उपाधि नजिक पुगेको हो।­

रिहान बुद्ध मगर, तेजस श्रेष्ठ र युयुत्सु मणि तिमल्सिनाले गोल गरेपछि नेपाली टोली फाइनल पुगेको हो। फाइनल नेपाली समय अनुसार आज राति ९:४५ बजे हुनेछ।