
विराटनगर । मलेसियाको कुचिङमा भएको १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा नेपालकी पलेशा गोवर्धनले महिला ५७ केजी मुनि के-४४ क्याटेगोरीमा कास्य पदक जितेकी छन् ।
यसअघि पलेशाले पेरिस पारालिम्पिककमा ऐतिहासिक कांस्य जितेकी थिइन् ।
क्वाटरफाइनलमा उज्वेकिस्तानी खेलाडीलाई पराजित गरेकी उपेशा सेमिफाइनलमा चीनकी लि युजीसँग पराजित भइन् ।