
विराटनगर । चेल्सीले म्यानचेस्टर युनाइटेडका अर्जेन्टिनी विङ्गर आलेहान्द्रो गार्नाचोलाई अनुबन्ध गरेको छ।
२१ वर्षीय गार्नाचोले युनाइटेडका लागि प्रिमियर लिगमा ९३ खेल खेल्दै १६ गोल गरेका थिए। एभर्टनविरुद्ध उनले गरेको बाइसिकल किक गोलले २०२४ को फिफा पुस्कास अवार्ड जितेको थियो।
गार्नाचो स्ट्याम्फोर्ड ब्रिजमा शनिवार फुलहमविरुद्ध चेल्सीले २-० को जितेको खेल हेर्न पुगेका थिए।
चेल्सीसँग सम्झौतापछि उनले भनेका छन्, ‘यो मेरो र परिवारका लागि अविश्वसनीय क्षण हो। म चेल्सीमा आउन पाउँदा धेरै खुसी छु। क्लब वर्ल्ड कप हेरेपछि विश्व च्याम्पियन टिममा सामेल हुनु खास अनुभव हो। अब सुरु गर्न म पर्खन सक्दिनँ।’
यो सिजन ट्रान्सफर विन्डोमा चेल्सीले आक्रमणतर्फ गरेका अनुबन्धमध्ये गार्नाचो पनि एक हुन्। यसअघि क्लबले जोआओ पेद्रो, लियम डेलाप, जेमी गिटेन्स र विलियन एस्टेभाओलाई पनि अनुबन्ध गरिसकेको छ।