भरत खवासले राष्ट्रिय टोलीबाट सन्न्यास लिँदै!

विराटनगर । अनुभवी फुटबलर भरत खवासले नेपाल र बंगलादेशबीच हुने दोस्रो मैत्रीपूर्ण खेलपछि राष्ट्रिय टोलीबाट सन्न्यास लिने भएका छन् ।

एन्फाले घोषणा गरेको दुई मैत्रीपूर्ण खेलको टोलीमा भरतको नाम नरहेपनि प्रशिक्षक म्याट रसले दोस्रो खेलमा उनलाई समेटिने जानकारी दिएका हुन् ।

नेपालले भाद्र २१ र २४ गते बंगलादेशसँग दशरथ रंगशालामा खेल्दैछ ।