
विराटनगर । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री मोदीले आइतबार साँझ सामाजिक संजाल ट्विटर मार्फत नेपालका प्रधानमन्त्री ओलीसँग चीनको तियानजिनमा भेटवार्ता भएको जानकारी गराउनुभएको हो । प्रधानमन्त्री मोदीले सोही भेटको तस्बिर समेत सार्वजनिक गर्दै नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री मोदीले तियानजिनमा नेपालका प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुशी लागेको समेत जानकारी गराउनुभयो ।