ग्रामथानमा नवआरम्भ नेपालको रक्तदान, ३१ पिन्ट रगत संकलन गरेका छन् l

विराटनगर । सामाजिक सेवामा सक्रिय नवआरम्भ नेपालले मोरङको ग्रामथान गाउँपालिका–१ लखन्तरीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

‘आऔँ, रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको छ।

नवआरम्भ नेपालका अध्यक्ष प्रमोद राणा मगरका अनुसार रक्तदान कार्यक्रममार्फत रगतको अभावमा रहेका बिरामीलाई सहयोग पुर्‍याउनुका साथै रक्तदानको महत्वबारे जनचेतना फैलाउने उद्देश्य राखिएको हो। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उहाँले जानकारी दिनुभयो।