विराटनगर । अस्ट्रेलियाका स्टार पेस बलर बलर मिचेल स्टार्कले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। उनले अब टेस्ट र एकदिवसीय क्रिकेटमा मात्र ध्यान दिने बताएका छन्।
३५ वर्षीय स्टार्कले सन् २०१२ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका थिए। ६५ खेलमा उनले ७९ विकेट लिँदै अष्ट्रेलियाको दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। उनी एडम जाम्पाभन्दा मात्र पछाडि मात्र छन्।
स्टार्क पाँच टी-२० विश्वकपमा खेलेका थिए र सन् २०२१ मा दुबईमा भएको प्रतियोगितामा अस्ट्रेलियालाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
उनी आगामी टेस्ट सिरिजहरू, विशेष गरी भारत भ्रमण तथा एशेज र सन् २०२७ को एकदिवसीय विश्वकपमा ध्यान दिन चाहन्छन्। साथै, आईपीएल र अन्य घरेलु प्रतियोगितामा पनि खेल्ने योजना छ।
स्टार्कले भनेका छन्, ‘टेस्ट क्रिकेट मेरो पहिलो प्राथमिकता हो। टी-२० खेल्दा निकै रमाइलो भयो, विशेषगरी २०२१ को विश्वकप। तर अब म ताजा र फिट रहँदै दीर्घकालीन योजनामा ध्यान दिन चाहन्छु।’