आइसिसी विश्वकप लिग-२ मा आज युएईसँग खेल्दै नेपाल

युएई । युएईमा जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज घरेलु टोलीसँग भिड्दै छ।

दुबईको आइसिसी एकेडेमीमा बिहान सवा ११ बजे नेपाल र युएईबीचको खेल सुरू हुनेछ।

जारी सिरिजमा नेपाल जितविहीन छ।

आज खेल्न लागेको खेल सिरिजको अन्तिम खेल हो।

यसअघि अमेरिकाविरूद्धको दुवै खेलमा र युएईसँगको एक नेपाल पराजित भएको थियो।

पहिलो खेलमा अमेरिकासँग नेपाल १०६ रनले पराजित भएको थियो।

दोस्रो खेल युएईसँग ५ विकेटले पराजित हुँदा तेस्रो खेल पुनः अमेरिकासँगै ४ विकेटले पराजित भएको थियो।

लिगको अंक तालिकामा युएई पुछारमा छ। नेपाल १२ अंकसहित सातौं स्थानमा छ।

आजको खेलमा जित निकाल्दै नेपाल जारी सिरिजमा पराजयको शृंखला तोड्ने प्रयासमा हुनेछ।

नेपाली टोली: रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, मो. आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव,  गुल्शन झा, कुशल मल्ल, मो. आसिफ शेख, अनिल कुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशी।