काठमाण्डौ । एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि आज कर्णाली यशविस र ललितपुर क्वीन्स खेल्दैछन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३ बजेपछि शुरु हुनेछ ।
समूहको शीर्ष दुई स्थानमा रहँदै यी दुई टोलीले फाइनल खेल्न लागेका हुन् । हिजो भएको लिग चरणको अन्तिम खेलमा कर्णालीले ललितपुरलाई ३–१ को सेटमा हराएको थियो । यस्तै हिजै भएको अर्को खेलमा काठमाण्डौ स्पाइकर्सले लुम्बिनी लाभाजलाई हराउँदै तेस्रो बनेको छ । काठमाण्डौले लुम्बिनीलाई ३–२ को सेटमा हराएको हो ।
गएको भदौ २० गतेदेखि पोखरामा शुरू भएको प्रतियोगिता लगत्तै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको थियो । गएको बुधवारदेखि प्रतियोगिता फेरि शुरू भएको हो । प्रतियोगितामा ६ वटा टोली सहभागी थिए ।