काठमाण्डाै । अस्ट्रेलियाली प्यारालम्पिक स्वर्ण पदक विजेता पेज ग्रेकोको २८ वर्षको उमेरमा निधन भएको छ ।
सन् २०२० को टोकियो प्यारालम्पिकमा देशका लागि पहिलो स्वर्ण पदक जितेकी प्यारा–साइक्लिस्ट ग्रेकोको आइतवार एडिलेडमा रहेको आफ्नो घरमा अचानक स्वास्थ्य समस्यापछि निधन भएको खेलकुदको राष्ट्रिय नियामक निकाय अस्साइक्लिङले जनाएको छ ।
सेरेब्रल पाल्सीबाट पीडित ग्रेकोले सन् २०१८ मा साइकल चलाउनुअघि ट्र्याक–एन्ड–फिल्ड खेलाडीका रूपमा शुरूवात गरेकी थिइन् । उनले टोकियो प्यारालम्पिकमा महिला सीवान–थ्री ३ हजार मिटर दौडमा कीर्तिमान तोडेकी थिइन् ।
ग्रेकोले थुप्रै विश्व च्याम्पियनशिप उपाधि र विश्व कप पदक पनि जितेकी छिन् जसमा सन् २०२५ को रोड रेसमा विश्व च्याम्पियनशिप कांस्य पदक पनि समावेश छ ।