दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खला भारतलाई

काठमाण्डौ । दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खला भारतले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले हराउँदै शृङ्खला ३–१ ले आफ्नो पक्षमा पारेको हो ।

भारतले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर २ सय १ रन मात्रै बनाउन सक्यो । त्यसअघि अहमदावादमा टस जितेर ब्याटिङ गरेको भारतले ५ विकेट गुमाउँदै २ सय ३१ रन बनाएको थियो ।

पहिलो खेल भारतले १ सय १ रनले जितेको थियो भने दोस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ५१ रनले पराजित भएको थियो । तेस्रो खेलमा दक्षिण अफ्रिका भारतसँग ७ विकेटले पराजित भएको थियो । चौथौ खेल बाक्लो हुस्सु र वायु प्रदूषणका कारण हुन सकेन ।

यसअघि यी दुई देशबीच भएको टेस्ट शृङ्खला दक्षिण अफ्रिकाले र एक दिवसीय शृङ्खला भारतले जितेको थियो ।