अन्तिम ओभरमा रोमाञ्चक मोड, इंग्ल्यान्डसँग नेपाल चार रनले पराजित

विराटनगर । अन्तिम ओभरसम्म तानिएको रोमाञ्चक खेलमा नेपालले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गतको पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको झिनो हार बेहोरेको छ ।

आइतबार भारतको मुम्बईस्थित वान्खडे रंगशालामा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो । जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक रहे पनि नेपालले पाँच रन मात्र जोड्न सक्यो ।