
विराटनगर । मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट मैदानमा जारी एसीसी इस्ट जोन कपको फाइनल खेलमा नेपालले सिंगापुरलाई हराउनका लागि ११४ रनको सामान्य लक्ष्य पाएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले ४०.५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ११३ रन मात्र बनाउन सक्यो। नेपालको धारिलो बलिङसामु सिंगापुरका ब्याटर टिक्न सकेनन्।
समूह चरणमा पनि यी दुई टिम आमनेसामने भएका थिए, जसमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो। बिहीबार भएको सेमिफाइनल खेलमा सिंगापुरले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको हो भने नेपालले मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश पक्का गरेको थियो।
अब नेपालले उपाधि जित्न ११४ रन बनाउनुपर्नेछ। यसअघि समूह चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहँदै फाइनल यात्रा तय गरेको हो।
नेपालले यो लक्ष्य पछ्याउँदै विजयी यात्रा कायम राख्न सक्छ कि भन्नेमा क्रिकेट प्रेमीको चासो उच्च छ।