

बिराटनगर
मोरङको बुढीगंगा गाउँपालिकाले आज पालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजनाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउनुभएको छ l
पालिकाका अध्यक्ष जितनारायण थापा मगरले पालिकाले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र खेलकुद क्षेत्रको विकासलाई विशेष प्राथमिकतामा राखेर अघि बढेको बताए । उनका अनुसार मोरङको अरु पालिकामध्ये बुढीगंगाले आफ्नो एउटा फुटबल टोली तयार पारेको उहाँको भनाइ छ।
पालिकाले ‘तीन युग तीन नेतृत्व, विगत र वर्तमान स्थानीय नेतृत्वको सम्मान’ भन्ने मूल नाराका साथ चैत २१ देखि चैत २७ गतेसम्म आयोजना गर्न लागेको ‘प्रथम बुढीगंगा गोल्डकप’ को सम्पूर्ण तयारी पूरा भएको उनले बताउनुभएको छ l
पालिकालाई खेलकुदको माध्यमबाट एउटा समुन्नत गाउँ बनाउने अभियानका साथ खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर खेल र खेलाडीको वृत्ति विकासका लागि विभिन्न खेलका नियमित प्रशिक्षणको व्यवस्था मिलाएको, अध्यक्ष मगरले
बताएका छन्।
युवाहरूको व्यक्तित्व विकास र कुलतबाट जोगाउने उद्देश्यले गाउँपालिकाले फुटबलको प्रशिक्षक राखेर टिम तयार गरेको अध्यक्ष मगर प्रस्ट्याए । उनले फुटबलका साथै बुढीगंगा कराँते, कुस्ती र कबड्डी खेलका लागि प्रख्यात रहेको हुँदा, त्यो खेल र खेलाडीको विकासका लागी परेको उहाँले बताउनुभएको छ।
प्रतियोगिता आयोजनाका संयोजक तथा २ नम्बरका वडाध्यक्ष रेवतीनारायण चौधरीले २ नम्बर वडाको अमाही खेल मैदानमा हुने प्रतियोगितामा आयोजकसहित ८ वटा टोलीको सहभागिता रहेको आयोजकले जानकारी दिएका छन्।
प्रतियोगितामा आयोजक पालिका बुढीगंगा, सिरहाको सल्हेश युवा क्लब, धनकुटाको राजारानी युवा क्लब, सुनसरीको धरान फुटबल क्लब, झापाको चाल्सा फुटबल क्लब, काठमाडौंको आरएफसी फुटबल क्लब, काठमाडौंको नायजेरियन फुटबल क्लब र भारत सिलगुडीको कञ्चनजंघा फुटबल क्लबको सहभागिता हुने भएको छ l
प्रतियोगिताको विजेताले टोलीले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता आयोजनाको अनुमानित खर्च ३९ लाख रुपैयाँ लाग्ने संयोजक चौधरीले दिनुभएको छ l
