विराटनगर किंग्सले ६ खेलाडीलाई रिटेन गरेको छ।

विराटनगर । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि  ६ खेलाडीलाई रिटेन गरेको छ।

विराटनगरले मार्की र कप्तान सन्दीप लामिछानेलाई यसअघि नै रिटेन गरिसकेको जानकारी गराएको थियो । विराटनगरले थप ५ रिटेन गरेको खेलाडीको नाम सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो ।

रिटेन हुने अन्य खेलाडीमा यु-१९ नेपाली राष्ट्रिय टोलीका कप्तान नरेन भट्ट, लोकेश बम, बसिर अहमद, प्रतिश जिसी र सुवास भण्डारी छन् ।

यसका साथै विराटनगरले ६ खेलाडीलाई रिलिज गरेको छ । दिपक बोहोरा, मिर्नाल गुरुङ, राजेश पुलामी मगर, जितेन्द्र मुखिया, अनिल खरेल र कमल खत्री रिलिज भएका छन् ।

रिटेन खेलाडी

सन्दीप लामिछाने
नरेन भट्ट
लोकेश बम
बसिर अहमद
प्रतिस जिशी
सुवास भण्डारी

रिलिज खेलाडी

दिपक बोहोरा
मिर्नाल गुरुङ
राजेश पुलामी मगर
जितेन्द्र मुखिया
अनिल खरेल
कमल खत्री

योसँगै एनपिएलमा सहभागी सबै ८ (जनकपुर बोल्ट्स, विराटनगर किंग्स, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स र चितवन राइनोज) टोलीले रिटेन र रिलिज खेलाडीको‌ नाम सार्वजनिक भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अगस्टमा एनपिएलको दोस्रो संस्करणका लागि अक्सनको आयोजना गर्दैछ ।