एएफसी महिला एसियन कप छनोट चरणमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित

विराटनगर । नेपाल एएफसी महिला एसियन कप छनोट चरणबाट बाहिरिएको छ ।
तेस्रो तथा अन्तिम घरेलुु टोली उज्वेकिस्तानसँग ३–३ को बराबरीपछि पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भयो । योसँगै नेपाल समूह चरणबाट बाहिरिएको हो । उज्वेकिस्तान एसियन कपमा छनोट भएको छ । पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा सानदार कमब्याक गर्यो ।

निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा सकियो । खेलको निर्णय टाइब्रेकरबाट भयो । जहाँ नेपाल ४–२ ले पराजित भयो । टाइब्रेकरमा उज्वेकिस्तानकालागि माफतुना सोयीमोभा, उमिदा जोइरोभा, मदिना खिमातोभा र असलखोन अमिनजोनाभाले गोल गरे । नेपालकालागि गीता राना र सविता राना मगरले गोल गरे ।

पहिलो पेनाल्टी हानेकी गोल मसिन कप्तान सावित्रा भण्डारी ‘साम्बा’को प्रहार पोष्टमा लाग्यो। चौथोमा गोलकिपर अन्जना राना मगरको प्रहारलाई किपरले बचाइन् । यो हारमा नेपाल एसियन कपमा पुग्न सकेन । नेपाल विश्व कप र ओलम्पिक छनोट बाट पनि बाहिरिएको छ ।