नेपाल हव पुरुष २०–२० क्रिकेटमा राजविराज र विराटनगर विजयी

 

विराटनगर ।  नेपाल क्रिकेट फाउण्डेशन र कोशी प्रदेश क्रिकेट सँघको आयोजनामा मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगितामा राजविराज र विराटनगर विजयी भएको छ ।
पहिलो खेलमा राजविराज हवले इटहरी हवलाई ५ विकेटले पराजित गरेको छ । जितसँगै राजविराज तेस्रो स्थानमा रहेको छ । राजविराजले २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।सोमबार राती वर्षा भए पछि १० ओभरमा छोट्याएको खेलमा टस हारेर ब्याटिङ गरेकोे इटहरीले ९ विकेट गुमाई विकेट गुमाई ५१ रन बनाएको थियो । इटहरीका आयुस पोखरेलले १८ रन बनाउँदा मुकेश यादवले १३ रन बनाए । राजविराजका निरज सुनरैतले २ विकेट लिँदा सुमित इसर र अजय यादवले पनि २–२ विकेट लिए ।५२ रनको लक्ष्य पाएको राजविराजले ९ दशमल २ बलमा ५ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको थियो । राजविराजका प्लेयर अफ म्याच रोहन विकले अविजित ४० रनको योगदान गरे । इटहरीका विशाल गोसाइले २ विकेट लिए ।दोस्रो खेलमा विराटनगर हवले उदयपुर हवलाई २६ रनले पराजित गरेको छ । जितसँगै विराटनगर ४ अंकका साथ शिर्ष स्थानमा रहेको छ । विराटनगरले खेलेकोे दुवै खेलमा जित हात पारेको छ ।
टस जितेर ब्याटिङ गरेकोे विराटनगरले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ५ बलमा सवै विकेट गुमाई ८५ रन बनाएको थियो । विराटनगरका आकाश यादवले ३८ रन बनाउँदा सोहेव आलमले १७ रन बनाए । उदयपुरका सविन खडकाले ३ विकेट लिँदा कुलबहादुर सिग्देल र प्रयास चौधरीले समान २ विकेट लिए ।
८६ रनको लक्ष्य पाएको उदयपुरले १८ दशमल १ बलमा सवै विकेट गुमाउँदै ५९ रनमा सिमित भयो । उदयपुरका चन्द्रविर दासले १८ रन जोड्दा कुलबहादुर सिग्देलले १० रनको योगदान गरे । विराटनगरका प्लेयर अफ म्याच देवराज झाले ४ विकेट लिँदाअरुण मण्डल र मनिष कामतलेसमान २ विकेट लिए ।