इटाली विश्वकपमा पहिलो पटक छनाेट

विराटनगर ।  युरोपेली देश इटालीले पहिलो पटक टि ट्वान्टी विश्व कपमा छनोट भएको छ।

युरोपेली क्षेत्रीय छनोटको शुक्रवार भएको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग ९ विकेटले पराजित भए रन रेटमा जर्सीलाई पछि पारेर इटाली पहिलो पटक विश्व कप पुग्न सफल भएको हो ।

इटालीलाई पराजित गरेको नेदरल्याण्ड्सले पनि विश्वकपमा स्थान पक्का गरेको छ ।

युरोपेली क्षेत्रीय छनोटमा ५ राष्ट्रको सहभागिता रहेको थियो । सिंगल राउन्डमा भएको प्रतियोगिताको शीर्ष २ देशले विश्वकपमा स्थान बनाएका हुन् ।

नियमित दाबेदार स्कटल्याण्ड भने इटाली र जर्सीसँगको हारपछि छनोटबाट बाहिरिएको हो ।

इटाली र नेदरल्याण्ड्सको छनोटसँगै आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टि ट्वान्टी विश्वकपमा १५ देशको छनोट भइसकेको छ । टि ट्वान्टी विश्वकपमा २० टोलीको सहभागिता रहने छ ।