साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

विराटनगर । साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार साँझ ६:४६ बजे बसुन्धरा किङ्स एरिनामा हुने खेल नेपालका लागि विशेष महत्त्वको हुने अपेक्षा गरिएको छ।

बंगलादेश प्रतियोगिताको सबैभन्दा बलियो टिम मानिँदै आएको छ, र नेपालका लागि यो खेल गत तीन वर्षको हारको सिलसिला तोड्ने अवसर पनि हो। सन् २०२२ यतादेखि सिनियर महिला टिम तथा कुनै पनि उमेर समूहमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन।

आजको खेलमार्फत नेपाली यू-२० महिला टोलीले इतिहास पल्टाउने लक्ष्य लिएको छ।

नेपाली टोलीको खेलाडी सूची यसप्रकार छ:

कप्तान: बिर्सना चौधरी

अन्य खेलाडीहरू: लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर।

नेपालले यदि आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्यो भने टिमको मनोबल उच्च हुने र प्रतियोगितामा सशक्त दाबेदारका रूपमा उभिन सक्ने विश्लेषकहरूको भनाइ छ।