मंसिर
माेरङकाे सुनवर्षी नगरपालिका–५ मा लामो समयदेखि हिँडडुल गर्न नसक्ने दुई जना व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको छ।
रोटरी क्लब अफ विराटनगर मिड टाउनको आयोजनामा तथा सुनवर्षी नगरपालिका–५ का वडाध्यक्ष युगेश्वर प्रसाद ठाकुर र समाजसेवी कमलेश्वर ठाकुरको विशेष पहलमा ह्विलचेयर वितरण गरिएको हो। लामो समयदेखि शारीरिक अशक्तताका कारण हिँडडुल गर्न कठिनाइ भोग्दै आएका ६४ बर्षकी बिमला देवी ऋषिदेव र ६५ बर्षका भिखन ऋषिदेव लाई ह्विलचेयर प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा
रोटरी क्लब विराटनगर मिडटाउनका अध्यक्ष – रो. विनोद कुमार बोहरा, पूर्व अध्यक्ष द्वय रो. रामअवतार अग्रवाल , रो. सुशिल प्रसाद रिजाल
रो. रानु गोयल, रो. विनोद कुमार शर्मा , क्लबका सह सचिव रो. राकेश दाहाल, रो. अमन साह लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै सहभागीहरूले ह्विलचेयर वितरणले अशक्त व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। यस्ता मानवीय तथा सामाजिक सेवाका कार्यक्रमले समाजमा सहयोग, सद्भाव र मानवीय भावनाको विकास गर्ने उनीहरूको भनाइ थियो। लामो समयदेखि हिँडडुल गर्न नसक्दा दैनिक कामकाजमा निकै समस्या हुँदै आएको थियो। ह्विलचेयर पाएपछि आवतजावत गर्न सहज हुने र परिवारका सदस्यलाई समेत केही राहत मिल्ने अपेक्षा गरेको लाभग्राहीले बताए। रोटरी क्लबका अध्यक्षले सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमले शारीरिक अशक्तता भएका व्यक्तिहरूको जीवन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।