मंसिर ७, सोमबार
मोरङको रंगेली नगरपालिका–७ पिपल चोकका रोशन सहनी यतिबेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको बेडमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन्। टाउकोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उनको अवस्था गम्भीर रहेको परिवारले जनाएका छन ।आर्थिक अभावका कारण थप उपचार खर्च जुटाउन नसक्दा परिवार थप चिन्तामा परेको छन ।बुबा चलित्र सहनीको अनुसार उपचारका क्रममा अहिलेसम्म करिब १ लाख रुपैयाँ खर्च भइसकेको बताए । चिकित्सकको सल्लाहअनुसार थप उपचार आवश्यक रहे पनि दैनिक करिब २५ हजार रुपैयाँ खर्च लाग्ने भएपछि परिवारलाई उपचार खर्च जुटाउन कठिन भएको रोशनका काका रामचन्द्र सहनीले बताए। उनका अनुसार उपचारका क्रममा अहिलेसम्म रोशनको अहिले हाेसमा आएपछि थप उपचारका लागि आर्थिक सहयोग हुन सकेको छैन। अस्पतालमा रोशन जीवनका लागि संघर्ष गरिरहँदा घरमा रहेका उनकी छोरी प्रति सहनी र हजुरआमाको अवस्था पनि उस्तै पीडादायी बनेको छ। आर्थिक अभावका कारण उनीहरू पाँच दिनदेखि भुजा र चिउराको भरमा दिनरात बिताउन बाध्य भएको परिवारले जनाएको छ। केही छिमेकीले भात उपलब्ध गराएर सहयोग गरिरहेको भए पनि घरको खाद्यान्न अभाव टरेको छैन। एकातिर अस्पतालमा उपचाररत छोराको चिन्ता, अर्कोतिर घरमा खाद्यान्नको अभाव। सहनी परिवार अहिले दोहोरो संकटमा परेको छ। उपचार खर्च जुटाउन नसक्दा बिरामीको उपचार प्रभावित हुने अवस्था आएको परिवारको भनाइ छ।परिवारले सहयोगी मन भएका व्यक्ति, संघसंस्था, समाजसेवी तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसमक्ष आर्थिक सहयोगसँगै खाद्यान्न उपलब्ध गराइदिन हार्दिक अपिल गरेको छ। तपाईंको सानो सहयोगले रोशनको उपचारमा ठूलो राहत पुग्न सक्छ। अस्पतालको बेडमा जीवनका लागि संघर्ष गरिरहेका रोशनलाई बचाउन र घरमा भोकसँग संघर्ष गरिरहेको परिवारलाई खाद्यान्नको सहारा दिन सबैमा मानवीय सहयोगको अपिल गरिएको छ।