रुटको कीर्तिमानी सतकमा इङ्ग्ल्याण्डको अग्रता बढ्दै ।

विराटनगर । जो रुटको कीर्तिमानी शतकको सहयोगमा घरेलु टोली इङ्ग्ल्याण्डले भारतविरुद्ध चौथो टेस्टको पहिलो इनिङमा अग्रता बढाउँदै छ ।

इङ्ग्ल्याण्डले तेस्रो दिन शुक्रवारको खेल सकिँदा ७ विकेटको क्षतिमा ५ सय ४४ रन बनाएको छ। टोलीले १ सय ८६ रनको अग्रता लिएको छ ।

घरेलु टोलीका लागि जो रुट १ सय ५० रन बनाएका छन् । टेस्ट करियरमा ३८ औं शतक पूरा गरेका रुट सर्वाधिक रनकर्ताको दोस्रो स्थानमा उक्लिएका छन् ।

रुटको अगाडि सचिन तेन्दुल्कर मात्र छन् । ओली पोप र रुटले तेस्रो विकेटका लागि १ सय ४४ रनको साझेदारी गरे । पोप ७१ रनमा आउट भए ।

कप्तान बेन स्टोक्स ७७ रन र लियम डसन पनि २१ रनमा अविजित छन् ।

इङ्ल्याण्डका लागि दुई ओपनर ज्याक क्रली र बेन डकेटले अर्धशतकीय इनिङ खेले । डकेट १३ चौकाको सहयोगमा ९४ रन जोडे ।

डकेट र क्रलीले पहिलो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरे । क्रली १३ चौका र १ छक्काको सहयोगमा ८४ रन बनाए ।

भारतका रविन्द्र जडेजा र वासिंटन सुन्दरले समान २ तथा अशुंल कम्बोज, जसप्रित बुमराह र मोहम्मद सिराजलले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ३ सय ५८ रन बनाएको थियो ।