विराटनगरमा छैटौं संस्करणको बास्केटबल प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा छैटौं संस्करणको बास्केटबल प्रतियोगिता हुने भएको छ ।

हिजो आयोजित पत्रकार सम्मेलनमा आयोजक विराटनगर बास्केटबल एकेडेमीले विद्यालयस्तरीय होम एण्ड अवे प्रतियोगिता भोलिदेखि भदौ २१ गतेसम्म हुने जानकारी दिएको हो ।

प्रतियोगिता संयोजक त्रिलोचन बास्तोलाका अनुसार प्रतियोगिता छात्रा र छात्रतर्फ हुनेछ ।

संयोजक बास्तोलाले प्रतियोगितामा कुल ११ वटा विद्यालयको सहभागिता रहने जानकारी दिनुभयो ।

छात्रातर्फ बीकेभीएम, सेन्ट मेरिज, अरनिको, अर्पण, आदर्श, सगरमाथा, एभरेष्ट र सेन्ट जोसेफ स्कूल छन ।

त्यसैगरि, छात्रतर्फ बीकेभीएमसहित सेन्ट मेरिज, अरनिको मावि, अर्पण मावि, आदर्श मावि, सगरमाथा मावि, एभरेष्ट मावि र सेन्ट जोसेफ मावि, सुन्दरहरैंचाको ब्राइट फ्युचर मावि र डिपिएस विराटनगरको समेत सहभागिता रहने छ ।

छात्रातर्फ भने अघिल्लो सस्करणमा अरनिको मावि विराटनगर विजयी भएको थियो । प्रतियोगिताको उद्घाटन भोलि साविक विजेता बीकेभीएम र शिक्षादीपबीच हुने बताइएको छ ।