नेपालविरुद्ध टस जितेर पहिले बलिङ गर्दै कतार

विराटनगर २७ असोज

आइसिसी टी-२० विश्वकपका लागि जारी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेको छ।

कतारले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाली टोली केही समयपछि ब्याटिङका लागि मैदान उत्रिँदै छ।

नेपालले यसअघिको टोलीमा एक परिवर्तन गरेको छ। ललित राजवंशीको स्थानमा आदील अलामलाई प्लेइङ ११ मा मौका दिएको छ।

यसअघि नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो। नेपाल विश्वकपमा लगातार दोस्रो र समग्रमा तेस्रो पटक स्थान बनाउने प्रयासमा रहेको छ।