दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेकाे टोलीलाई क्यानको सम्मान

काठमाण्डाै । नेपाल क्रिकेट सङ्घ (क्यान) ले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेकाे नेपाली टाेलीलाई सम्मान गरेकाे छ ।

दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपाल उपविजेता बनेपछि क्यानले आज एक कार्यक्रमका दृष्टिविहीन क्रिकेट सङ्घलाई १० लाख रुपैयाँ हस्तान्तरण गर्दै टाेलीलाई सम्मान गरेकाे हाे ।

भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयाेजना भएकाे पहिलाे संस्करणकाे प्रतियाेगितामा नेपाली टाेली फाइनलमा भारतसँग पराजित हुँदै उपविजेता बनेकाे थियाे ।