कर्णालीलाई हराउँदै काठमान्डु एनपीएल क्रिकेटको प्लेअफ नजिक

काठमाण्डौ ।  करण केसीको कप्तानीमा रहेको काठमान्डु गोर्खाज एनपीएलको प्लेअफ नजिक पुगेको छ । त्रिवि रंगशालामा हिजो भएको खेलमा कर्णाली याक्सलाई ५ विकेटले हराउँदै काठमान्डु चौथो खेलमा विजयी भएको हो । ८ अंक सहित काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ ।

अब उसले पोखरासँग अन्तिम खेल खेल्नेछ । अब काठमान्डुका लागि विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्ससँगको खेल मात्रै चुनौतीपूर्ण हुनेछ । कर्णाली भने पाँचमध्ये चार खेलमा पराजित भइसकेको छ । अब उसले बाँकी दुवै खेलमा जित निकालेको अवस्थामा मात्रै प्लेअफ पुग्ने सम्भावना देखिन्छ ।

हिजोको खेलमा कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्याे । काठमान्डुका ओपनर बने चाल्र्सवर्थले ३४ रनको योगादन गरे । उनले २१ बलमा २ चौका र ३ छक्का प्रहार गरे । टस जितेर पहिले ब्याटिङ गरेको सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले ७ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।

कर्णालीका लागि गुल्सन झाले उत्कृष्ट ब्याटिङ गर्दै २२ बलमा नटआउट ४९ रन जोडे । गुल्सनले ६ चौका र ३ छक्का प्रहार गरे । एनपीएलमा आज कुनै पनि खेल छैन ।