नेपाल प्रमियर लिग (एनपिएल) ले आज दोस्रो संस्करणको विजेता पाउँदै छ। पहिलो संस्करणमा सुदुरपश्चिम रोयल्सलाई हराएर जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो। तर यो पटक सुदुरपश्चिम लगातार दोस्रो पटक फाइनलमा पुग्दै पहिलो उपाधिको खोजिमा रहँदा औषत प्रदर्शनका बाबजुत फाइनल पुगेको लुम्बिनी लायन्स पहिलो फाइनल यात्राबाटै उपाधि चुम्ने प्रयास गर्ने छ।
प्रतियोगिताका ३१ खेल सकिदा बहुप्रतिक्षित फाइनल खेल आज दिउँसो ३:३० देखी सुरु हुँदै छ। प्रतियोगितामा लिगचरणमा २८ खेल हुँदा प्लेअफमा ३ खेल सकिसकेका छन्। अब फाइनल प्रतिस्पर्धा बहुप्रतिक्षित बनेको छ। दोस्ररो क्वालिफायरमा कमजोर स्कोर जोगाएर उपाधि होडमा पुगेको लुम्बिनीलाई भाग्यमानि मानिन्दा सुदुरपश्चिम भने प्रतियोगिताभरमा केवल समूहचरणको एकमात्र हारको स्वाद चाखेको छ। त्यसैले जितको बानीलाइ फाइनलमा पनि निरन्तरता दिने प्रयास गर्ने छ।
प्रतियोगिताको फाइनल सम्मको यात्रामा सुदुरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाइ ७७ रनले हराउँदा लुम्बिनीले भने इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेट तथा दोस्रो क्वालिफायरमा विराटनगरलाइ ४० रनले पराजित गर्दै फाइनल पुग्न सफल भयो। लुम्बिनी समग्रमा पछिल्लो ५ खेलमा अपराजित रहेर फाइनल पुगेको छ। सुदुरपश्चिमले भने लिगचरणको अन्तिम खेलमा विराटनगर सँग पराजित भएको थियो। त्यसपछि पहिलो क्वालिफायर जित्न सफल भएर फाइनल पुग्यो।
समग्रमा लुम्बिनी खराब सुरुवातका बाबजुत सानदार पुनरागमन गरेर फाइनल सम्म पुग्यो। कप्तान रोहित पौडेलको सुझबुझपूर्ण प्रदर्शन लुम्बिनीका लागि लाभदायक रहेको छ। रोहितले कुल ९ इनिङमा २ सय ६० रन बनाएका छन्। त्यस्तै उनले बलिङ तर्फ पनि टिममा योगदान दिंदै प्लेयर अफ द टुर्नामेन्टको सर्वाधिक अब्बल प्रमाणित गरेका छन्। बलिङ तर्फ रोहितले ९ मध्ये ४ इनिङबाट ७ विकेट लिएका छन्।
अर्को तर्फ सुदुरपश्चिमलाइ फाइनल सम्म पुर्याउन बिनोद भण्डारीको प्रदर्शन उच्च रह्यो। उनले आफ्नो ब्याटबाट २ अर्धशतक सहित २ सय ६४ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो नम्बरमा छन्। फाइनलमा उनले फेरी एकपटक प्रभाव देखाउन सकेमा उनी पनि प्लेयअर अफ द टुर्नामेन्टका लागि दाबेदार बनेका छन्। एकप्रकारले उत्कृष्ट प्रदर्शन गरिरहेका रोहित र विनोदको भिडन्तका रुपमा समेत यो खेललाई लिन सकिन्छ। फाइनलमा यि दुइ खेलाडी मध्ये कुनै एक निर्णायक बनेको खण्डमा स्वभाविक रुपमा कार पुरस्कारका लाग समेत पहिलो हकदार बन्ने छन्।
त्यसोत सुरुवातबाटै उत्कृष्ट समर्थकको साथ पाउँदै आएको सुदुरपश्चिमको फाइनल सम्मको यात्रामा समर्थकको साथ संधै उत्कृष्ट रह्यो। अझ फाइनलको टिकट खुलेको केही घन्टामै सोल्डआउट हुँदा दर्शकले मैदान भरिने अपेक्षा गरिएको छ। तर पहिलो पटक विजेता बन्ने ध्याउनमा रहेका दुबै टिम एनपिएलमा आफ्नो नाममा नयाँ इतिहास बनाउने प्रयास गर्दा स्वभाविक रुपमा फाइनलले सबैको ध्यान खिच्ने छ।
