विराटनगर क्रिकेट लिग शुक्रबारदेखि विराटनगरमा शुरु हुँदै

विराटनगर । नेपाल क्रिके ट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शुक्रबारदेखि विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदान शुरु हुने भएको छ ।
आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी गराएको हो । फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले कोशी प्रदेशमा क्रिकेटको विकास गर्ने उदश्यले विराटनगरमा क्रिकेटको लिग हुन लागेको बताए ।
प्रतियोगिताका मोरङका ८ वटा क्लवलाई दुई समुहमा विभाजन गरेर खेलाईले छ । लिगको आधारमा खेलाइने खेलमा दुवै समुहबाट टप हुने टिम विच माघ १० गते फाइनल खेल हुने अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगितामा करिव २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोतिामा समुह ए मा मिल्स क्रिकेट एकाडेमी, विराटनगर क्रिकेठ एकाडेमी, इलाइट क्रिकेट एकाडमी र विराटनगर क्रिकेट क्लव एकाडेमी रहने छ भने समुह वि मा लाइन्स क्रिकेट एकाडेमी, कटहरी क्रिकेट एकाडेमी, सिद्धार्थ क्रिकेट एकाडेमी र डाइनामिक क्रिकेट एकाडेमी रहजे आयोजकले जनाएको छ ।