विराटनगर । न्युजिल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । रायपुरमा गएराति भएको खेलमा २ सय ९ रनको लक्ष्य पछ्याएको भारतले १५ ओभर २ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।
उसका इशान किशनले ७६ र सूर्यकुमार यादवले अविजित ८२ रन बनाए । त्यस्तै शिवम दुबेले ३६ रन जोडे ।
त्यसअघि न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । उसका रचिन रवीन्द्रले ४४ रन र मिचेल स्यान्टनरले अविजित ४७ रन बनाए ।
पाँच खेलको शृङ्खला भारत २–० ले अगाडि छ । पहिलो खेल भारतले ४८ रनले जितेको थियो । तेस्रो टी–२० खेल भोलि गुवाहाटीमा हुनेछ ।