पूजा महतोको अविजित अर्धशतकमा नेपालले जिम्बावेलाई हरायो

विराटनगर । पूजा महतोको अविजित अर्धशतकको मद्दतमा नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित दर्ता गरेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगिताको तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गर्‍यो । जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालको जितमा पूजा महतोले ५० बलमा ४ चौका र २ छक्काको मद्दतमा अविजित ५२ रन बनाइन् । कप्तान इन्दु बर्माले २२ रनको योगदान दिइन् ।