आजदेखि टी-२० विश्वकप, नेपालकाे खेल भाेलि

विराटनगर । आईसीसी पुरुष टी–२० विश्वकप २०२६  आज शनिबारदेखि भारत र श्रीलंकामा संयुक्त रुपमा सुरु हुँदैछ ।

आयोजकमध्ये एक भारतले आफ्नो पहिलो खेल मुम्बईस्थित वाङ्खेडे स्टेडियममा अमेरिकासँग खेल्ने  छ ।

पहिलो दिन तीन खेल हुनेछ ।

पहिलो दिनको अन्तिम खेल अर्थात सह–आयोजक भारत र अमेरिकाबीच हुने खेलअघि मुम्बईको वानखेडे रंगशालामा भव्य उद्घाटन समारोहसँगै सुरु हुने भएको आईसीसीले जनाएको छ ।

विश्वकपको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ ।

श्रीलंकाको कोलम्बोस्थित सिँहालेस रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ११ः१५ बजेदेखि सुरु हुँदै छ । दोस्रो खेल दिउँसो ३ः१५ सुरु हुँदा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले अर्को एसोसिएट राष्ट्र स्कटल्यान्डको सामना गर्नेछ ।

नेपालले आइतबार इङ्ल्याण्डसँग खेल्दैछ ।