
विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा भएको सवारी दुर्घटनामा एक पैदल यात्री गम्भीर घाइते भएका छन्।

सुनवर्षी नगरपालिका–६, खुनियाबारी टोलस्थित खुनियाबारी–अमरदह भित्री सडक खण्डमा सोमबार दिउँसो दुर्घटना भएको हो। डाइनिया बाट अमरदहतर्फ जाँदै गरेको प्रदेश १–०४–००१च ०३६० नम्बरको बोलेरो गाडीले बिपरित दिशाबाट आइरहेका पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि सुनवर्षी नगरपालिका–२, अमरदहका २७ वर्षीय मोहम्मद रिजवान मिया गम्भीर घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका मियाको हाल विराटनगरमा उपचार भइरहेको छ।
बोलेरो गाडीका चालक सोही स्थानका २७ वर्षीय सुमन कुमार पैदार भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। गाडी र चालकलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।