विराट गोल्डकप : घरेलु मैदानमा भारतसँग भिड्दै सम्राट

 

विराटनगर । विराटनगरमा जारी ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज (मंगलबार) सम्राट स्पोर्टिङ क्लब विराटनगर र भारत झारखण्डको बिरसा मुन्डा स्पोर्टस एकेडेमीबीच प्रतिस्पर्धा हुँदैछ ।

२०५४ सालमा स्थापित सम्राट स्पोर्टिङ क्लब विराट गोल्डकपमा पहिलोपटक सहभागी भएको हो । गोल्डकपको पहिलो खेलमै उसले घरेलु मैदानमा विदेशी पाउनु टोली बिरसा मुन्डाको सामना गर्नेछ ।

घरेलु र पाहुना टोलीबीचको खेल सहिद रंगशालामा साँझ ६ बजेबाट सुरु हुने आयोजक विराट गोल्डकप ट्रस्टका प्रवक्ता धनकुमार लामाले जानकारी दिए । आयोजक ट्रष्टले जिल्ला लिग विजेताका रुपमा सम्राट क्लबलाई सहभागिता जनाउनका लागि सहमति दिएपछि पहिलोपटक जिल्लाको स्थानीय क्लबले गोल्डकपमा सहभागिता जनाएको छ ।

सम्राट स्पोर्टिङ पछिल्लो आठपटकको जिल्ला लिग विजेता टोली हो । कोमल खवासको कप्तानीमा रहेको टोलीले विराट गोल्डकपमा स्तरीय प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

भारतको बिरसा मुन्डा गोल्डकपको पहिलो संस्करण महेन्द्र गोल्डकपका रुपमा २०१८ सालमा भएको थियो । सो संस्करणमा भारतको इलेभेन ज्वेल्सले उपाधि चुमेको थियो ।

त्यसयता गोल्डकपमा भारतीय टोलीहरुको पटकपटक सहभागिता रहँदै आएको छ । सोही क्रमको निरन्तरतामा यसपटक बिरसा मुन्डाले सहभागिता जनाउँदै छ । सो एकेडेमी सन् २००९ मा स्थापना भएको हो ।

घरेलु र पाहुना टोलीबीचको खेल निक्कै रोमाञ्चक एवं प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । सोमबारको खेलबाट मछिन्द्र फुटबल क्लबलाई सथन डेथमा हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराट गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस