राजनीति

नेपाली कांग्रेस विराटनगर महानगर सभापति पदका लागि प्रबल दाबेदारका रूपमा हेरिएका युवा नेता तथा समाजसेवी अभिषेक गिरीको विशेष पहल र सक्रियतामा आज विराटनगर वडा नं. ९ मा भव्य पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। विराटनगरस्थित शीतल धर्मशालामा आयोजित यस कार्यक्रमले नगरको राजनीतिमा नयाँ ऊर्जा थपेको छ। उक्त कार्यक्रम मा लगभग ५० जना भन्दा बढि युवाहरु […]

दर्जनौं युवाहरूको हत्या र हजारौं युवाहरूलाई घाइते बनायो। जसले गर्दा परिस्थिति झन् बिग्रन गई भदौ २४ गते सम्ममा ठूलो संख्यामा मुलुकले धन–जनको क्षति बेहोर्नु पर्‍यो,’ जसपाले भनेको छ। सरकार, सेना, प्रहरी र प्रशासनले चाहेको भए मुलुकलाई ठूलो जन–धनको क्षति हुनबाट जोगाउन सक्ने जसपाको बुझाइ छ। ‘तर जोगाउने प्रयास सम्म किन गरिएन? रहस्यमय रहेको छ। नेपालीलाई रोजगारी प्रदान गर्दै आएका केही मुलुकहरूले वर्किङ भिसा, टुरिष्ट भिसा, भिजिट भिसा रद्द गरेका छन्। यसको जिम्मेवार केपी शर्मा ओली नेतृत्वको सरकार नै हो। मुलुकलाई नै क्षति पुर्‍याउने दोषीहरूको छानबिन गरी कानुन बमोजिम कारबाही गरी पीडिततलाई क्षतिपूर्ति सरकारले दिने व्यवस्था गर्नु पर्छ,’ जसपाले भनेको छ।