घरमा आगो लाग्दा हजुरबाको मृत्यु, नातिनीले भागेर जोगाइन् ज्यान

जनकपुरमा गएराति एक घरमा आगो लाग्दा घरधनी वृद्धको जलेर मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक निवासी ७० वर्षीय किशोरी सहनीको घरमा आगो लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी ओमप्रकाश खानालले जानकारी दिए।

सहनी घर धनी नै हुन्।

‘राति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेका उहाँको जलेर मृत्यु हो,’ खनालले नेपालखबरसँग भने, ‘उहाँकी नातिनीले भने भागेर ज्यान जोगाएकी छन्।’

महोत्तरीको लोहारपट्टी नगरपालिका २ स्थायी घर भएका सहनी अवकास प्राप्त शिक्षक भएका प्रहरीले जनाएको छ।

विद्युत् सट भएर आगलागी भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।