बिराटनगर
मोरङमा क्षयरोग नियन्त्रण तथा उन्मूलन अभियानलाई तीव्र पारिएको छ /
जिल्ला भरिका १७ वटै पालिकामा रहेका १२३ वटा डट सेन्टरमार्फत निःशुल्क औषधि वितरण भइरहेको स्वास्थ्य कार्यालय मोरङका क्षय कुष्ठ अधिकृत मुलुकचन्द राजवंशीले जानकारी दिनुभएको छl
उहाँका अनुसार क्षयरोग पहिचानलाई प्रभावकारी बनाउन २० स्थानमा खकार जाँच केन्द्र सञ्चालनमा रहेका छन् भने जेन एक्सपर्ट जाँच सेवा विराटनगरस्थित नेपाल क्षयरोग निवारण संस्था (नाडा), मंगलबार अस्पताल, नोबेल अस्पताल र कोशी प्रादेशिक प्रयोगशालामा उपलब्ध भइरहेको छl नाडामा औषधिले निको नभएका डिआर (औषधि प्रतिरोधी) बिरामीहरूको उपचार भइरहेको छ ।
तर, उपचारका क्रममा सुधार देखिएपछि बिरामीले बीचमै औषधि छाड्ने प्रवृत्ति बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । विशेष गरी भारतसँग सीमा जोडिएका मोरङका दक्षिणी क्षेत्रका गाउँहरूमा यस्तो समस्या बढी देखिएको छ, जसले रोग नियन्त्रणमा चुनौती थपेको राजवंशीले बताउनुभएको छ l
यसैबीच, विराटनगर महानगरपालिका, पथरीशनिश्चरे नगरपालिका र केराबारी गाउँपालिकालाई ‘क्षयरोग मुक्त पालिका’ घोषणा गर्ने तयारी भइरहेको छ । सरकारले सन् २०५० सम्म क्षयरोग पूर्ण रूपमा उन्मूलन गर्ने लक्ष्य लिएको छ । सुन्दरहरैँचा, पथरीशनिश्चरे, उर्लाबारी र रंगेलीमा क्षयरोगीको संख्या धेरै रहेको छ ।
तथ्यांकअनुसार, मोरङमा आर्थिक वर्ष २०८० र ०८१ मा १२७७ जना, २०८१ र ०८२ मा १३४० जना र २०८२ र ०८३ को फागुन मसान्तसम्म ८३० जना क्षयरोग संक्रमित फेला परेका छैनl
त्यस्तै, क्षयरोगका कारण मृत्यु हुनेको संख्या पनि चिन्ताजनक उहाँले बताउनुभयो । २०८० र ०८१ मा ३० जना, २०८१ र ०८२ मा ४० जना र चालु आर्थिक वर्षको फागुनसम्म ३५ जनाको मृत्यु भएक
‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ । राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ यस वर्ष चैत १० गते विश्व क्षयरोग नियन्त्रण दिवस मनाइँदै छ । दिवसको अवसरमा प्रभातफेरी, निःशुल्क स्वास्थ्य परीक्षण तथा क्षयरोगीहरूलाई पोषणयुक्त खाद्यान्न वितरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभएको छ l