समाचार

विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा सञ्चालनमा रहेका स्पा तथा मसाज सेन्टरहरूमा मोरङ प्रहरीले शनिबार साँझ एकैपटक व्यापक ‘स्विप अपरेसन’ सञ्चालन गर्दै ३६ जनालाई नियन्त्रणमा लिएको छ। विराटनगर महानगरपालिका–१३, १४ र १५ का विभिन्न स्थानमा रहेका स्पा केन्द्रहरू लक्षित गर्दै इलाका प्रहरी कार्यालय रानी बाट खटिएको विशेष टोलीले आकस्मिक छापा मारेको हो। प्रहरीका अनुसार अवैध तथा […]

दर्जनौं युवाहरूको हत्या र हजारौं युवाहरूलाई घाइते बनायो। जसले गर्दा परिस्थिति झन् बिग्रन गई भदौ २४ गते सम्ममा ठूलो संख्यामा मुलुकले धन–जनको क्षति बेहोर्नु पर्‍यो,’ जसपाले भनेको छ। सरकार, सेना, प्रहरी र प्रशासनले चाहेको भए मुलुकलाई ठूलो जन–धनको क्षति हुनबाट जोगाउन सक्ने जसपाको बुझाइ छ। ‘तर जोगाउने प्रयास सम्म किन गरिएन? रहस्यमय रहेको छ। नेपालीलाई रोजगारी प्रदान गर्दै आएका केही मुलुकहरूले वर्किङ भिसा, टुरिष्ट भिसा, भिजिट भिसा रद्द गरेका छन्। यसको जिम्मेवार केपी शर्मा ओली नेतृत्वको सरकार नै हो। मुलुकलाई नै क्षति पुर्‍याउने दोषीहरूको छानबिन गरी कानुन बमोजिम कारबाही गरी पीडिततलाई क्षतिपूर्ति सरकारले दिने व्यवस्था गर्नु पर्छ,’ जसपाले भनेको छ।