विराटनगरमा जारी ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलअन्तर्गतको प्रतिस्पर्धा आज (बुधबार)बाट सुरु हुँदैछ । पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरको सहिद रंगशालामा खेल साँझ ६ बजेपछि सुरु हुने आयोजकले जनाएको छ । बुधबारको विजेता टोलीले वैशाख ५ गते उपाधि रक्षाका लागि भिड्नुपर्ने हुन्छ । […]
खेलकुद