समाचार

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गरिरहेका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रधानमन्त्री कुलपति रहने ११ वटा विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा आमन्त्रण गरिएको छ। बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानसँग सम्बन्धित समसामयिक समस्या र तिनका समाधानका उपायहरूबारे छलफल भइरहेको बुझिएको छ। […]