समाचार

काठमाडौं । देशका विभिन्न भागमा अहिले आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बादल लागेको मौसमविद्ले जनाएका छन्। मौसमविद् सन्जिव अधिकारीका अनुसार कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको उनले बताए। काठमाडौं उपत्यकामा बाक्लो तुँवालोका कारण मौसम धुम्म देखिएको अधिकारीले […]

दर्जनौं युवाहरूको हत्या र हजारौं युवाहरूलाई घाइते बनायो। जसले गर्दा परिस्थिति झन् बिग्रन गई भदौ २४ गते सम्ममा ठूलो संख्यामा मुलुकले धन–जनको क्षति बेहोर्नु पर्‍यो,’ जसपाले भनेको छ। सरकार, सेना, प्रहरी र प्रशासनले चाहेको भए मुलुकलाई ठूलो जन–धनको क्षति हुनबाट जोगाउन सक्ने जसपाको बुझाइ छ। ‘तर जोगाउने प्रयास सम्म किन गरिएन? रहस्यमय रहेको छ। नेपालीलाई रोजगारी प्रदान गर्दै आएका केही मुलुकहरूले वर्किङ भिसा, टुरिष्ट भिसा, भिजिट भिसा रद्द गरेका छन्। यसको जिम्मेवार केपी शर्मा ओली नेतृत्वको सरकार नै हो। मुलुकलाई नै क्षति पुर्‍याउने दोषीहरूको छानबिन गरी कानुन बमोजिम कारबाही गरी पीडिततलाई क्षतिपूर्ति सरकारले दिने व्यवस्था गर्नु पर्छ,’ जसपाले भनेको छ।