समाचार

काठमाडौं। आज काठमाडौं विश्वकै सबैभन्दा वायु प्रदूषित शहरको पहिलो स्थानमा परेको छ। एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार काठमाडौंको वायु गुणस्तर सूचकाङ्क २२३ पुगेको छ, जुन जनस्वास्थ्यका लागि ‘धेरै अस्वस्थकर’ स्तर मानिन्छ। सूचीको दोस्रो स्थानमा नयाँ दिल्ली रहेको छ, जहाँ एक्यूआई १६२ मापन गरिएको छ। त्यसैगरी तेस्रो स्थानमा लाहोर रहेको छ, जहाँ एक्यूआई १५८ रहेको छ। […]